April, 2013

now browsing by month

 

आदिवासी जनजातीय सौर्न्दर्य चेत

कोइँचबु काःतिच

जबसम्म हाम्रो मातृभाषी लेखनमा पनि विधा र रुपमा उपनिवेशवादी संस्कृति, विचार र शैलीको आक्रामण रहन्छ तबसम्म आदिवासी जनजाति साहित्यकारको वर्तमान लेखनले साँस्कृतिक र ऐतिहासिक निरन्तरतालाई सम्बोधन गर्न सक्दैन । जसले जे भन्छ सुन्नेले त्यस्तै सुन्छ र बुझछ भन्न सकिँदैन । भन्ने र सुन्ने वीचको बुझाइको तात्विक अर्थलाई कहिल्यै पनि बर्ुर्जुवा खस-बाहुन हिन्दु तथा युरोपियन साहित्यले मान्यता दिँदैन । आदिवासी जनजातिको विकास र उन्मुक्ति भन्ने र सुन्ने वीचको सोझो बुझाइले मात्र निराकरण गर्दैन न कि एक वाक्यमा लेखिएको कुनै पनि परिभाषाले । आदिवासी जनजातिले भोगीरहेको उत्पीडन र समस्या विषेश खालको भएको हुँदा त्यस्ता विशेष परिस्थिति, समस्या र उत्पीडनलाई आदिवासी जनजाति साहित्यले मात्र सम्बोधन गर्न सक्दछ ।

वास्तवमा विश्वव्यापीकरणको घुन पिसाइमा परेका हामी आफु र आफ्नो पहिचानको वारेमा के कति सजग र सचेत छौं भन्ने चेतको विकास हुन आवश्यक देखिएको छ वाम्बुले, कोइँच लगायत आम आदिवासी जनजाति साहित्यकारहरुमा । अनुहारको भरमा पहिचान सुनिस्चित हुनसक्दैन न त कुनै पनि सरकारी दस्तावेजले । मुख्यतः म को हुँ ? म मान्छे हुँ भने के अन्य मान्छे जस्तै हुँ त ? छु त ? फरक छु भने के के कारणले फरक छु र किन फरक छु ? म नेपाली हुँ । म नेपाली हुँ भने किन अन्य नेपाली भन्दा फरक छुँ त ? यदि म फरक छु भने अन्य नेपालीहरु भन्दा के कारणले फरक छु वा फरक पार्ने विशेष तत्व वा अवश्था के के हुन् त – यी यस्ता यावत प्रश्नाको उत्तर नै आदिवासी जनजाती साहित्यहरुको विषयवस्तुहरु हुन सक्छन् । तर कनीकुथी, जबर्जस्ती फरक देखाउने गलत प्रवृतिको पनि विकास भएको तथ्यलाई भने स्वीकार गर्नु मानसिव हुँदैन । आदिवासी वाम्बुले र कोइँच साहित्यको चर्चा गर्दा अस्ट्रेलियन अबारिजनल साहित्यकार मेलिस्सा लुकासेन्काको भनाइ सम्झना उपयुक्त हुनेछ- यो क्षणमा मलाई आदिवासी लेखन एक व्रि्रोही अस्वीकृत साहित्य हो भन्ने मान्दछु र यसको केन्द्रविन्दु भनेको भूमि, सामाजिक न्याय र विभेदीत कानुन हो । लुकासेन्का जस्तै अमेरिकी महाद्वीपका आदिवासी साहित्यकारहरुको दृष्टिमा पनि नेटिभ अमेरिकन साहित्य, नेटिभ अमेरिकनमाथि भएको आक्रमण र ज्यादतीको कथाव्यथा पस्किने साहित्य हो । आक्रमणबाट घाइते बनेका मानिसहरुको साहित्य हो । यस साहित्यलाई अमेरिकन संस्कृति, इतिहास, धर्म र अनुभवसँग गाँसिएको मुद्दा हो, साहित्य हो भन्छन् उत्पीडक/मिचाह -मुलाधारका भनिएका युरोपेली गोरा साहित्यकार) हरु तर यो भूमिसँग गाँसिएको साहित्य पनि हो ।

भन्ने बेला साहित्य सामाजको ऐना हो भन्ने तर व्यवहारमा त्यो साहित्यिक ऐना पेवा बनाएर आफु मात्र सिँगारपटार गर्न खोपीमा राख्ने मुलाधारे नेपाली साहित्यिक प्रवृतिको विरुद्धमा आवाज उठाउने माध्यम पनि हो आदिवासी जनजाति साहित्य । हुन त नेपालमा वास्ताविक आदिवासी जनजाति साहित्यको भने कहिल्यै कतै व्याख्या गरेको पाइँदैन । कतै चर्चा गरिएको पाइँदैन, छैन । बरु केही वषर्ा अगाडि एक विचार गोष्ठी मार्प{mत वैरागी काइँलाले समानान्तर साहित्यको अवधारणा ल्याएका थिए भने तुलसी दिवसले इन्दे्रणर्ीर् सस्कृतिको कुरा अगाडि बढाएका थिए । तर त्यति चर्चामा भने आउन सकेन । बहुभाषी कविगोष्ठीहरु भने फाट्टाफुट्टा भएका छन् । तर त्यस्ता गोष्ठीहरुले आदिवासी जनजाति साहित्यको मर्मलाई बोक्न सक्दैन । भोगीराज चाम्लिङकानुसार जनजातीय साहित्यकलामा मुक्तिको सपना बुनिनर्ुपर्छ, जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्र्घष्ाको साहित्य हो ।

 

Share

कोइँच गीति एल्बमको म्यूजिक भिडियो

चुप्लु दाम्लोच
१६ वैशाख, काठमाडौं । एकातिर सुनुवारले चन्दा उठाएर नीति निर्माण तहमा पहुँच पुर्याउन सहयोग गरेकाले कोइँच पहिचानलाई चपरी मुनि पुर्न लागी परेको बेला सुनुवार डट ओआरजि र चुप्लु समाजले भने आफ्नै बलबुताले कोइँच पहिचानको सन्दर्भ स्रोत जोगाउन प्रयासरत छ । भर्खरै बजारमा आएको कोइँच मातृभाषाको गीति एल्बम ‘दोमोका दार्शो सेरेम फु’ को म्युजिक भिडियो बनाउने कार्य धमाधम शुरुआत भएको छ । शिव मुखियाले गाउनु भएको ‘गेत-थि दा कोःति थोले देम-बा’ को सम्पादन कार्य भइरहेको छ भने अन्य गीतको सुटिङ चुप्लु -ओखलढुङ्गा), कालिन्जोर -सर्लाही) मा सुटिङ हुँदै छ । तर कोइँच -सुनुवार) को कुम टेकेर राजनीति गर्छु भन्ने एक दुर्इ जना मै हुँ, कोइँच बन्न नसकेका सुनुवारहरुले कोइँच पहिचानको स्रोत (मातृभाषा, भेषभूषा, संस्कार-संस्कृति) लागी परेको विश्वास्त सुत्रबाट जानकारीमा आएको छ । विशेष गरी पहिचानको राजनीतिमा कोइँचहरुले ओल्लो किरात स्वायत्त प्रदेशको अवधारण आधिकारिकरुपमा अगाडि सारेको ७ वर्ष भइसकेको छ । यस सम्बन्धी चुप्लु समाजले आफ्नो रेडियो कार्यक्रम मार्फत निरन्तर प्रचार प्रसार तथा जनवाकलता गरी रहेको छ भने सुनुवार डट ओआरजीले पनि पहिचानको मुद्दालाई प्रथामिकीकरणमा राखेको अवस्थामा बन्न लागेको म्यूजिक भिडियोहरु म्यूजिक वृत्तचित्र शैलीको बन्ने सुरज सुनुवारले बताएका छन् । तर कोइँच जिमीभूमीको प्राप्ति र संरक्षणको कुरा गर्दा कतिपय कोइँच नै पहिचान विरोधी कार्यमा सक्रिय भएको पनि जानकारी प्राप्त भएको छ ।

Share

सर्लाहीमा कोइँच मातृभाषा प्रशिक्षण हुँदै

चुप्लु दाम्लोच
१४ वैशाख, पारवानीपुर । मूलथलोका कोइँच बन्न नसकेका बाहुनवादी सुनुवारको हेराइमा कोइँच मातृभाषा घाँडो हो, काउसो हो । यस्तै यस्तै निस्कर्ष निकाल्न सकिन्छ, कोइँच मातृभाषाको पत्रकारितालार्इ घाँटी निमोठ्ना तम्सिएको देख्दा । एकातिर कोइँच मातृभाषाको पठन पाठन तथा सञ्चार कर्ममा अहोरात्र लागी परेका कोइँचहरु छन् भने अर्कोतिर त्यही कोइँचको पहिचानको सन्दर्भ स्रोत कोइँच मातृभाषालार्इ निमिटेन्न पार्न लागी परेका छन् । तर सर्लाहीका कोइँचहरु भने कोइँच मातृभाषालार्इ पुनःर्जीवन दिन लागी परेका छन् । यही वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म कोइँच मातृभाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै छ । एक महिने प्रशिक्षणको लागि सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरका सचिव साङ-खु बुजिच आज सर्लाही प्रस्थान गरिसकेका छन् ।
‘हाम्रो पहिचानको धेरै श्रोतहरु मध्ये मातृभाषा कोइँच पनि एक हो । मातृभाषा छैन भने हाम्रो पुर्खसँग सम्पर्क हुन सक्दैन । आदारपिदार गर्न कोइँच भाषा नै चाहिन्छ । मातृभाषा कोइँचको लागि संस्कार-संस्कृति पनि हो । हामीले विभिन्न कारणले आफ्नो मातृभाषा बिर्सेकोमा साह्रै पीडा छ । यसैले कोइँच भाषा जान्नु हाम्रो लागि महत्वपूर्ण छ । यो एक महिनाको प्रशिक्षणले हामीलाई ठूलो उपलब्धि हुने सोचेको छौं ।’ बुद्धिबहादुर सुनुवार, सुनुवार सेवा समाज जिल्ला समिति, सर्लाहीको अध्यक्षले बताउनु भयो ।

Share

कोइँसिने कोइँसिने : होस काका पाइँसिने

-कोइँचबु काःतिच

प्लेत-ति अहिले प्रिती बनेको छ । कतिपयलाई परिवर्तन भन्ने लाग्ला । कतिपयलार्इ प्लेत-तिको अनुवाद । प्लेत-तिको खास अर्थ के हुन्छ ? खोजीको विषय त हुँदै हो । कसरी प्लेत-ति गाउँको नाम रहृयो ? हुन सक्छ प्लेत-तिचहरुको मूल थलो भएकोे हुनाले प्लेत-ति नाम रहन गएको हो । जस्तै : काःतिचको मूलथलो काःत । बुजिचको मूलथलो बुज । कोरमोचको कार-मो डाँडा । फातिचको फातगाउँ । रावाचको रावा ।

हो, यही प्लेत-ति गाउँमा यसपालीको वैशाखमा तीन दिन (९, १० र ११ गते) विताइयो । सुनुवार सेवा समाज प्लेत-तिले गएको दुर्इ बर्षहरु जस्तै यस वर्ष पनि कोइँच साँस्कृतिक महोत्सव गरेको थियो । कोइँच खाना प्रदर्शनी । कोइँच कलाकारहरुको कोइँच नृत्य र विभिन्न कलाकारको अन्य साँस्कृतिक कार्यक्रम । यस बर्ष अन्तर गाउँ विकास समिति नभइ अन्तर जिल्ला प्रतियोगितात्मक कार्यक्रम भएको हुँदा ओखलढुङ्गाबाट समेत प्रतियोगितामा सहभागी थिए।

निर्णायक मण्डलमा म (कोइँच बु काःतिच) पनि थिएँ । इमन्दारसाथ भन्नु पर्दा म नाच्न नजान्ने तर समाजले भाषा संस्कृति बचाऔं अभियान भन्ने मूल नारा बोकेको हुँदा भेषभूषा र सामाग्री -प्राप्स) प्रयोग हेर्न मलाइ निर्णायक मण्डलमा राखिएको थियो । स्थानीय तहमा महिला प्रतिनिधिको रुपमा दिपा सुनुवार र नृत्य सम्बन्धी निर्णय गर्न सुनुवार कलाकाए तथा चलचित्रकर्मी समाजका अध्यक्ष अमृतबहादुर सुनुवार निर्णायक थिए ।

साँस्कृतिक, भेषभूषा र भाषिक रुपमा सुनुवार सेवा समाज, कुँबु काँस्थली र त्रिवेणी साँस्कृतिक मञ्च रगनी ओखलढुङ्गा अब्बल थिए । तर प्रतियोगितामा प्रथम तिलौरीखोला हाइड्रोपवर प्लेत- ति ५ प्रथम भयो । जे होस् यो प्रतियोगिता थियो । चित्त बुझाउनु नै पर्ने भयो तै पनि धेरैको गुनासो रहृयो तिलौरी खोलाले कसरी प्रथम पुरस्कार र उत्कृष्ट नृत्यकारको पुरस्कार जित्यो ? यो कौतुहल हुनु स्वभाविकै हो । म दर्शक भएको भए पनि त्यसै भन्थेँ । तिलौरी खोलाले शुरुमा कोइँच भाषामा डम्फु गीतमा मौखिक नृत्य गरेको थियो भने दोस्रो राउण्डमा तामाङ सेलोमा नृत्य गरेको थियो भने तेस्रो राउण्डमा झयाउरे लोकनृत्य प्रस्तुत गरेको थियो । तर कुँबु काँस्थलीका कलाकारले शुरुमा यलम्बर बाजा, बास्सै बाजा, टुङ्ना, मादलको प्रयोग गरेर नृत्य देखाएको थियो भने दोस्रो राउण्डमा फाचेनु गैरी धारपानी बास्सै बाजाको नाच र तेश्रोमा कोइँसिने कोइँसिने । आयोजक टिमले स्वागत गीत सहित चारवटै गीत कोइँच भाषामै प्रस्तुती दिएको थियो । भेषभूषामा रगनी, ओखलढुङ्गाका कलाकारहरु अब्बल थिए भने नृत्यमा पनि अब्बल । राइनो गाइज युवा क्लबले वल्लो किरातको मुद्दा जोडतोडले उठाएको थियो भने नव सिर्जना परिवार ग्युदुले राष्ट्रियता झल्काउने गीत र नृत्य प्रस्तुत गरेको थियो । दुइ दिनसम्म भएको प्रतियोगिता अति रोमञ्चक बन्यो । बेलुकी बास्सै बाजा सिलको जुवारी कोइँच भाषामा १ बजेसम्म भएको थियो । केन्द्रीय अध्यक्ष तथा कलाकार अध्यक्ष र सुनुवार सेवा समाज प्लेत-तिका कलाकारहरु वीच यो जुवारी खेल भएको थियो ।

११ गते, सिनेमेटोग्राफर सुरज सुनुवारको दोमोका दार्शो सेरेम फु गीति एल्बमको गीत गेत-थि दा कोःति थोले देम-बाको म्युजिक भिडियो सुटिङ गरियो बेलुकी सुसेस ललितपुर कोषाध्यक्षको घरमा लिखु खोलाको असल माछासँग भात खाइयो । १२ गते विहान ३ बजे नै रामेछाप सुसेस अध्यक्ष, सामुयल सुनुवार, अमृत सुनुवार मोटरसाइकल लिएर हिँडेको हामी आठ बजे हिडेकाले क्यादलुमा भेटेउँ । सुसेस केस अध्यक्ष मनप्रसाद सुनुवारले मोटरसाइकल लिएर हिँडेपछि अमृत र हामी हिँडेर ठोसे लाग्यौं । पानी परेकोले प्लेततिमा बस आएन । हामी अस्ती आठ गते पनि ठोसेमा ओर्लेर हिड्दै प्लेत-ति डाँडागाउँ १२ बजे राती पुगेका थियौं । Read More

Share

कोइँच साँस्कृतिक महोत्सव सम्पन्न

चुप्लु दाम्लोच
१३ वैशाख, प्लेतति । कोइँच साँस्कृतिक कार्यक्रम २०७० सम्पन्न भएको छ । भाषा संस्कृति बचाऔं अभियान सहित सम्पन्न प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा छ समूह मध्ये तिलौरीखोला माइक्रो हाइडो पावर प्रथम, नवसिर्जना परिवार ग्युदु, दितीय, त्रिवेनि कला साँस्कृतिक मञ्च, तृतीय, सुनुवार सेवा समाज प्लेततिले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । सुनुवार सेवा समाज कुँबुले साँस्कृतिक तथा अनुसाशन पुरस्कार र पहिचानको पुरस्कार राइनो गाइज युवा क्लबले प्राप्त गरेको थियो ।

Share

भाषा संस्भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत प्लेत्ति (प्रिती) साँस्कृतिक कार्यक्रम हुँदै

चुपलु दामलोच
प्लेत्ति, रामेछाप, ९ गते । भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत सुनुवार सेवा समाज प्लेत्ति (प्रिती) गाउँ समितिले आयोजना गरेको वृहत साँस्कृति कार्यक्रम प्रतियोगिता भव्य रुपले प्रदर्शन भइरहेको छ ।
कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा प्लेत्ति शाँदारका मुली नाःसो चित्रबहादुर सुनुवार तथा अन्य कोइँच पुर्खाहरुले परम्परागत कोइँच सागुन पिदार गरी उद्घाटन गर्नुभयो ।
खराब मौसमका बाबजुद पनि दर्शकहरुको भीड भएको हुनाले कार्यक्रमलाई निरन्तर दिइएको छ । उक्त प्रतियोगितामा विभिन्न जिल्ला तथा गाउँ समितिबाट आयोजकसहित ६ टिमको सहभागिता थियो । जसमा दिलौरी खोला माइक्रो हाइड्रो परिवार प्रिती ५, त्रिवेणी कला समूह रगनी, सुसेस कुबुँकास्थली गाउँ समिति, नव सिर्जना परिवार जिदु र राइनो गायज क्लब लुखिँगाउँको सहभागिता थियो । प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा अहिले दोस्रो राउण्डको सेसन चलिरहेको छ । कृति बचाऔं अभियानअन्तर्गत प्लेत्ति (प्रिती) साँस्कृतिक कार्यक्रम हुँदै
चुपलु दामलोच
प्लेत्ति, रामेछाप, ९ गते । भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत सुनुवार सेवा समाज प्लेत्ति (प्रिती) गाउँ समितिले आयोजना गरेको वृहत साँस्कृति कार्यक्रम प्रतियोगिता भव्य रुपले प्रदर्शन भइरहेको छ ।
कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा प्लेत्ति शाँदारका मुली नाःसो चित्रबहादुर सुनुवार तथा अन्य कोइँच पुर्खाहरुले परम्परागत कोइँच सागुन पिदार गरी उद्घाटन गर्नुभयो ।
खराब मौसमका बाबजुद पनि दर्शकहरुको भीड भएको हुनाले कार्यक्रमलाई निरन्तर दिइएको छ । उक्त प्रतियोगितामा विभिन्न जिल्ला तथा गाउँ समितिबाट आयोजकसहित ६ टिमको सहभागिता थियो । जसमा दिलौरी खोला माइक्रो हाइड्रो परिवार प्रिती ५, त्रिवेणी कला समूह रगनी, सुसेस कुबुँकास्थली गाउँ समिति, नव सिर्जना परिवार जिदु र राइनो गायज क्लब लुखिँगाउँको सहभागिता थियो । प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा अहिले दोस्रो राउण्डको सेसन चलिरहेको छ ।

Share

पहिचान गुमाउनु परेकालाई साथसहयोग गर्न अव जुट्ने पो हो कि –

DSC_0023
कोइँचबु काःतिच
अझै पनि सुनुवार चिनाइरहनु पर्छ र पहिचान त आफैंले पो बनाउने हो त भन्नेसँग के यी घटनाहरुको जवाफ छ होला ? डोहटिया, असनपुर ९, सिरहामा बसोबास गर्दै आएका शिवकुमार लारामको नागरिकता हेरिउँ भने उनी बकाइदा सुनार भनेर चिनिन्छन् । राज्यले दिएको उनको चिनारी दलितको छ तर उनी कोइँच (सुनुवार) हुन् । तीन दशक उमेर नाघेका शिवकुमार निरक्षर छन् । उनले धनुषा जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएका छन् । उनी आफुलाई सुनार भएको कुनै पनि अत्तोपत्तो छैन । हामीले तिरेको करले तलब भत्ता खाएर बसेको कर्मचारीले हाम्रै पहिचान निमिट्यान्न पारेका छन् । अन्जान आदिवासी जनजाति कोइँचहरुको यसरी नै पहिचान हराउँदै गएको छ ।
पुर्ख्यौली थलोका कोइँचहरुलाई सुनुवार हुनुमा कुनै पस्चाताप र आत्मग्लानी नहुन सक्छ तर आफ्नो मुलभूमि छाडेर वाध्येतावस पराइभूमिमा बसोबास गर्नु परेको सुनुवारहरुको समान पीडाबोध छ । झापाका इन्द्रबहादुर रुपाच मुखियाले भने म एक अंग्रेजी शिक्षक, मुखिया भएर कोइँच सुनुवार बन्न कति गह्रो भएको छ भन्ने कुरा मलाई मात्र थाहा छ । उनी मात्र होइन मकावनपुरका अर्का शिक्षक रामकुमार शिकारीलाई पनि शिकारी भएर सुनुवार बन्न साह्रो गाह्रो भएको छ । उनको गाउँमा एक परिवारले त लिम्बु बनेर नागरिकता लिएको छ । अब कसरी सुनुवार बनाउने ? उसका छोराछोरी सबै लिम्बु हुने भए भन्ने उनको चिन्ता छ । उनले भने मलाई मेरो नागरिकताको नाम थर बताए पछि सबैले सोध्छन् शिकारी त बेसरी गरिन्छ होला हगि – के के को शिकार गर्नु भएको छ ?
वास्तावमा उनलाई कसरी शिकारी थर रहृयो थाहा छैन । राणकालिन समयमा भैरव नामक एक शिकारी पल्टन थियो । त्यस समयमा धेरै कोइँच शिकारी बनेर मुलुकका धेरै ठाउँमा बसोबास गरेका छन् । ललितपुरको ठूलो दुर्लुङ, काठमाडौंको बजेनी, मकवानपुरको हेल्टुँडा भैरवथान, टिस्टुङ पालुङ, चितवान, बारा, र्सलाही, सिन्धुली, रामेछापको भीरपानी, गोरखाको थलाजुङ, उदयपुर, सिरहामा तत्कालीन सरकारले नै बाघ, भालु नियन्त्रणको लागि कोइँच परिवारलाई राखेको थियो । यसरी बाघभालुको शिकार गर्ने भएको हुँदा शिकारी थर नै रहन गएको हो ।
सुनसरीको कतिपय कोइँचहरु अझै राइ नै बनेर बसेका छन् भने सिरहाका डम्बरबहादुर सुनुवारका अनुसार सप्तरीको कञ्चनपुरमा २०, २५ घर सुनुवारहरु राइ बनेर बसेका छन् । धनुषाको तुल्सीपुरमा सुनारी मगर बनेर मगरहरुको माझमा सुनुवार बसेका छन् । अझै पनि कोइँचहरुले आफुले कोइँच सुनुवार हुँ भनेर छाती फुकाएर हिड्न सकेका छैनन् । भरतमा बसोबास गरेका धेरै सुनुवारहरु कोही मगर, कोही राइ भएका पाइएको छ । विशेषगरी भारतीय सेनामा भर्ती हुँदा कोइँचहरुले तामाङ, गुरुङ, मगर, राइ लेखाएको हुँदा यसरी नाम परिवर्तन भएको पाइएको छ । काठमाडौंको कलंकीमा एक जना कोइँचको असामयिक निधन हुँदा दहासंस्कार गर्न र काजक्रिया गर्न नै अप्ठेरो परेको थियो । उनले गुरुङ आदिवासी जनजातिय नाम लेखाएको थिए । त्यस्तै मोरङका एक सुनुवार परिवारको सम्पूर्ण कागजपत्र नै काम नलग्ने भएको हुँदा नयाँ फेर्नु परेको थियो । उनी भारतीय सेनामा भर्ती हुँदा मगर भएका थिए भने नेपालको असली जनजातिय नाम सुनुवार भएको हुँदा नागरिकता बनाउन मात्र होइन नाता प्रमाणित गर्न र बालबालिकाहरुको शैक्षिक प्रमाणपत्रमै फरक आएको थियो ।
एक दर्ुइ जना कोइँच बन्न नसकेका सुनुवारहरु धक्कु लडाउँछन् । खोइ मलाइ कसैले सुनुवार त कामी हो तँ सुनार भनेर कसैले बाहिर राखेको छैन । बोल्न सक्नु परेउ नि । हो एक दर्ुइ जनाको लागि सुनुवार जातीय नामबाट कुनै असर नपरेको हुन सक्छ । त्यसो एक दर्ुइ जना दलितहरु मानबहादुर विश्वकर्मा, डा. मदन परियार, रामशरण दर्नाल, प्रकाश दर्नाल, तुलसी धिमिरे, श्रवण घिमिरे, रन्जीत गजमेर, हिरालाल विश्वकर्मा, खड्कावहादुर विश्वकर्मालाई दलित भएर पनि कुनै असर परेको छैन । त्यति दर्ुइ तीन जना दलितलाई सबैले मान्छन् भन्दैमा सबै दलितको मुक्ति भयो भन्न मिल्छ । वास्तवमै दलितहरुको मुक्ति भएको छैन ।
त्यस्तै हाम्रा एक दर्ुइ जना पढन्ता लेखन्ता र राजनीतिकर्मीहरु खसबाहुनको झोले धोति स्याहार्नेहरुका लागि यसरी गरिब, निमुख कोइँचहरुले चाहँदा चाहँदा पनि आफ्नो पहिचान गुमाउनु परेकोमा कुनै असर नपरेको हुन सक्छ । त्यस्ता बाहुन गिदीका सुनुवारलाई न त कोइँच भूमिको माया छ न त कोइँच धर्म, कला, संस्कृति र भाषाको । तर त्यस्ता अवसरवादी सुनुवारले कोइँचहरुको प्रतिनिधिमूलक संस्था एनजिओ भनेर अबहेलना गर्ने समेत पाइएको छ तर कोइँच संस्था चाहिन्छ भनेर लाजै नमानी सुनुवारको लागि यसो गर्छु उसो गर्छु भनेर उप|mेको पनि देख्छौं ।
सिन्धुली जिल्लामा इँगी होपो शाँदार पिदार संरक्षण समिति दर्ता गर्न सिडिओ कार्यालय लैजाँदा सिडिओ संस्था दर्ता नै नगरेको हुँदा एक दिन बसेर विधानको हेरफेर गर्नु परेको थियो । पहिचान किन चाहियो ? भन्नेहरु वाहुनवादी विचारका व्यक्तिवादी सोँच बोके कोइँच बन्न नसकेका सुनुवारलाई चिनेर सामाजिक वहिस्कार गर्नु पर्ने भएको छ ।
आफु कोइँच हुँदा हुँदै पनि अन्य जातिको उधारो परिचय बोकेर बाँच्नु पर्दाको पीडा खपी नसक्नुको छ । यस्तै ऐन कानुन, राज्यको उत्पीडनमा परेका, समाजमा खुलेर बोल्न नसक्ने र प्रष्टसँग खस भाषा बोल्न नसक्ने पहिचान प्रेमी सुनुवारहरुको लागि सबै सुनुवार संगठित हुँदै ऐक्यवद्ध हुनुको अरको विकल्प छैन । सबै कुरा ठिकठाक हुँदा कसैको सहयोग नचाहिएला । र, यसरी नै कसैको लागि सम्पन्नता र शक्ति कहिल्यै सदावहर रहँदैन भन्ने कुरालाई मनन् गर्दै पाइला पाइलामा अहिले नै साथसहयोगको भावनालाई जगाउँदै ती पहिचान गुमाउन वाध्ये परेका र पारिएकाका वारेमा आजै केही सोच्ने हो कि ? हामीले दरो पाइला चाल्यौं भने हाम्रो पहिचान स्थापित गर्न सकिन्छ । आदिवासी जनजातिको हक अधिकार भनेको स्व-पहिचानको पनि अधिकार हो । हाम्रो नाम कसरी राख्ने र हाम्रो आदिवासी जनजातिय नाम के राख्ने वा लेख्ने भन्ने हाम्रो अधिकार हो । यसैले कुनै पनि खसबाहुन कोइँच र खसबाहुन कर्मचारीको लहलहैमा नलागी हाम्रो आफ्नो असली पहिचानको लागि ऐक्यवद्धाता जनाऔं । अबका कोइँच पुस्तालाइ यस्ता घटनाहरु सुनाएर कोइँच पहिचान प्रति सचेत गराऔं । कसैको नागरिकता नै फेर्ना परे पनि नागरिकता परिवर्तन गर्न सकिन्छ । र भइरहेको छ । पटक पटक यस्ता घटना दोहराउन नदिऔं ।

Share