January, 2013

now browsing by month

 

हार्दिक समावेदना सहित अन्तिम श्रद्धाञ्जली जानकारी

ओखलढुङ्गा खिजी फलाटे वढा नं. ४ निभारे, मूल माइति घर भई जनकपुरमा बसोबास गर्दै पिर्ती लुँखीगाउँको टीकाजङ्ग सुनुवारसँग लुँखिच कुलमा विवाह भएकी हाल ललितपुर महालक्ष्मीथानमा स्थाइ बसोबास गर्दै आएकी क्युइँतिच चेली पुस्पा सुनुवारको हङकङमा उपचारको क्रममा असामयिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ता परिवार प्रति पर्न गएको पीर वेदनामा पारमोसिरी आनिलासिरी देयिलिकी इँगीले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनी पिदारनामदा गर्दछौं । साथै सम्पूर्ण आफन्तजन, शुभचिन्तकहरुलाई उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा उपस्थित हुन जानकारी गराउँदछौं ।
मिति : माघ १९ गते शुक्रवार, समय : विहान ७ देखि ८ बजे

-चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, र दुरदा डट कम

Share

समयको सत्ता

-आँकाला

खै ! गर्भमा कष्ट प्रद
कुर्दा कुर्दा
ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन
अरुको शाहारामा जीवन जिउने क्रम
अनायासै थोपरी दिएर
कहिले सक्षम स्वावलम्बी बन्ने ?
सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न
बाल मुस्कान टक्र्याए
सौर मण्डल तिब्र गतिमा दौडाउन
ताथैया बामे सारें
अहँ ! कान बन्द गरेर बसे झैं भान भो !
नाकका सिंगान जाडोमा
कलिलो हत्केला
पोटिलो गालामा लत्पतिंदा
हिउँदे सिरेटोमा
अलिकति धुलो मिश्रण
चरचरी फुटेर रगत तप्प खसे / Read More

Share

दास मनोवृत्ति र संकुचित मपाइँवादी सोँच : कोइँचको लागि घातक सावित

कोइँचबु काःतिच (उत्तम)
३७ सिं र ७२ सिं कोइँच बन्न नसकेका सुनुवार साथीहरुलाई लाग्न सक्छ आदिवासी जनजाति कोइँच (सुनुवार) पछाडि पर्नुमा उनीहरुकै आफ्नो बानीव्यहोराको ठूलो हात रहेको छ । ३७ सिं मित्रले त कोइँचलाई अपव्याख्य नै गरे । ७२ सिं मित्रले सार्वजानिक थलोमा बोलेकै हुन् ‘कोइँचको पहिचान भन्दै हिड्यौं भने कोइँच पछि परिन्छ खास–बाहुनसँग मिलेर जानु पर्छ । कोइँचवान, वल्लो किरात प्रदेश होइन, लिख–खिम्ती कि सुनकोशी प्रदेश हुनु पर्छ ।’ र, यो भाषा बल्खु दरबारको हो भन्ने पनि सबैलाई ज्ञात भएको कुरा हो ।
यस बर्ष (२०६८ को जनगणना भए पनि २०६९ मा सार्वजानिक भएको हुँदा) कोइँचको जनसंख्या लगभग ४३ प्रतिशतले घट्यो । Read More

Share

सुनुवार फुटबल टोलीलाई सहयोग

सनुवार डट ओआरजि समाचारदाता । १३ माघ, काठमाडौं । सुनुवार सेवा समाजले नेतृत्व गरेको फुटबल टिमलाई फुटबल र जर्सी सहयोग प्राप्त भएको छ । सुनुवार सेवा समाजलाई श्याम सुनुवारले दुई वटा फुटबल, रामबहादुर सुनुवार र हितबहादुर सुनुवारले १५ वटा रातो जर्सी प्रदान गरेका छन् । जर्सी र फुटबल हस्तान्तरण गर्ने सहयोगकर्तालाई सुनुवार सेवा समाजले एक कार्यक्रम गरी प्रशंशा पत्र प्रदान गरेको छ । विशेष अतिथि किरात सुनुवार सेवा समाजको सल्लाहार तथा नेपाल आदिवासी जनजाति महासंघ युके का कोषाध्यक्ष होम दासुचले सहयोगकर्तालाई खादा ओढाएर सम्मान गरेको थिए भने पूर्व सभासद दालकुमारी सुनुवारले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । प्रशंसा पत्र प्रदान गर्दै प्रमुख अतिथि दालकुमारी सुनुवारले सुनुवारको यस जोसप्रति सहयोग गर्ने बचन वद्धता सहित उहिले गाउँमा फुटकाल थिएन । हामी हालि खेल्थ्यौं । हालि खेलको विकास गरी कोइँच एकताको लागि युवाहरुलाई एक गर्नु पर्ने बताउनु भयो भने विशेष अतिथि होम दसुचले कोइँचहरुमा साँस्कृतिक विचलन आएको हुँदा कोइँचको आफ्नै संस्कार संस्कृतिलाई लिपिवद्ध गर्नु अनुरोध गर्नु भयो । साथै धनुषवाण खेललाई पनि विकास गर्न सुझाव दिनु भयो । सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार युवाहरु अन्य कार्यक्रममा उपस्थित हुन अनिच्छुक भएको हुँदा खेलकुदको सहारामा उनीहरुलाई पहिचानको लागि जागरुक गर्न यो अभियान अगाडि बढाइएको जानकारी गराउँदै राज्यले युवाहरुलाई प्रदान गर्ने विभिन्न सुविधामा कोइँच युवाको पहुँच पुग्न नसकेको हुँदा खेल मार्पmत त्यस्ता राज्यले प्रदान गर्ने सुविधामा पहुँच पुराउन पनि यस किसिमको अभियान अगाडि बढाइएको बताउनु भयो । स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले दिनु भएको थियो भने उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाईसुनुवार फुटबल टिमका संयोजक सामुयल सुनुवारले धन्यवाद दिनुभयो । अभैm पनि सुनुवार फुटबल टिमलाई जाली र सेतो जर्सी आवश्यक भएको संयोजक सुनुवारले बताउँदै आजको मैत्रीपूर्ण खेल खेलकुद पत्रकार मञ्चको समयाभावको कारण रद्द भएको जनाउनु भयो । अर्को खेल आउँदो सनिवार लिम्बुहरुसँग हुने पनि जानकारी गराउनु भयो । तर खेल मैदान टुँगो नभएको बताउनु भयो ।

Share

फेरि सुसेस भर्सेस खेप मञ्चको फ्रेण्डसिप फुटबल गेम हुने

चुप्लु दाम–लोच ।

७ माघ, काठमाडौं ।

प्रज्वल शाक्यको नेतृत्वमा खेलकुद पत्रकार मञ्च (खेप मञ्च) र सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा यही आउँदो शनिवार जावलाखेल खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । यस मैत्रीपूर्ण फुटबल खेलमा आम खेलप्रेमी कोइँचहरुलाई यही आउँदो शनिवार माघ १३ गते शनिवार दिनको ३ बजे जावलाखेल खेलकुद मैदानमा उपस्थित भई कोइँच खेलाडीहरुलाई हौसला प्रदान गर्न सुनुवार सेवा समाजले हार्दिक अब्हान तथा अनुरोध गरेको छ । यसभन्दा अगाडि सुनुवार सेवा समाज भर्सेस आदिवासी जनजाति आन्दोलनकर्मीहरु वीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो ।
आदिवासी जनजातिविज्ञ तथा आन्दोलनकर्मी डा. कृष्णबहादुर भट्टाचनको नेतृत्वमा शुरु भएको यो खेल अभियानले विस्तारै मूर्तरुप लिँदै छ । शुरुमा आदिवासी जनजाति खेलाडीहरु उपस्थित हुन हम्मे हम्मे थियो । सबैलाई अनुरोध गर्दै खेलको शुरुआत किर्तीपुर युनिभर्सिटी खेल मैदानबाट शुरु गरिएको थियो । डा. भट्टाचनको यस अभियानले विस्तारै आदिवासी जनजातिमा नयाँ रौनक थपेको छ ।

मैत्रीपूर्ण खेल आयोजना गर्नुको उद्देश्य तथा सामुयल सुनुवारको आगमन
आदिवासी जनजातिहरु वीच मैत्रीपूर्ण फुटबल खेलको शुरुआत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र आदिवासी जनजाति संघसंस्थाहरु वीच किर्तीपुर खेल मैदानबाट शुरु भएको थियो । ‘आदिवासी जनजातिहरुले राजनीतिलाई अभैm प्रष्टसँग बुझ्न नसकेको हुँदा फुटबल खेलको रणनीति र प्रतिस्पर्धासँग दाँजेर आदिवासी जनजातिले नेपालको वर्तमान समयमा बुझ्नु गर्नु पर्ने राजनीति वारे सम्झाउने बुझाउने र सबैलाई चेतना भर्ने माध्यमको रुपमा मैत्रीपूर्ण पूmटबल खेललाई माध्यमको रुपमा लिइएको छ । यसरी खेलकुद गर्दा युवा वर्गहरुको चासो विस्तारै बढ्दै गएको हामीले पाएको छौं ।’ सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताउँदै अगाडि थप्नु भयो– ‘यस अभियानलाई शुरु गर्दा म एक्लै थिएँ कोइँचको तर्पmबाट । सुनुवार सेवा समाज महासचिव, कोषाध्यक्षलाई जबर्जस्ती खेलको दर्शक बनाउन पुराइयो । युवा पत्रकार पाम सुनुवार (सुरज) ले अभियानको तेस्रो श्रृङ्खलाबाट साथ दिएका थिए । मलाई त्यतिबेला यति चाँडै यसरी Read More

Share

जीवित संग्रहालयमा परम्परागत कोइँच खिँ निर्माणको क्रममा

चुप्लु दाम्लोच । ३ माघ, काठमाडौं । जीवित संग्रहालयमा परम्परागत कोइँचखिँ निर्माणको अन्तिम चरणको कार्य हुँदै छ । आजभन्दा १० वर्ष अगाडि नेपाल जातिय संग्राहायले शुरुमा १२ जातिको खानपान जीवनशैलीलाई नेपाल पर्यटन बोर्डमा संग्रहालय स्थापना गरेको थियो । अहिलो सोही संग्रहालयले दक्षिणकाली जाने बाटो नजिकै हात्तिवनमा २०० रोपनी क्षेत्रफलको सरकारी जग्गामा नेपालको आकारमा नेपालमा बसोबास गर्ने सबै जातजातिको घर निर्माण गरी सोही घरमा एक परिवार राखी हुबहु त्यही जातिको सामाजिक चालचलन र जीवनशैली स्वदेशी तथा विदेशी पाहुनाहरुलाई देखाउन जीवित संग्राहलय बन्ने क्रममा छ । शुरुमा संग्राहालय संस्थापक १२ जाति (कोइँच, शेर्पा, रार्इ, लिम्बु, तामाङ, बाहुन, गुरुङ, चेपाङ, थकाली, मगर, थारु, नेवार) हरुको घर निर्माण गरी अन्य जातिहरुको घर क्रमशः प्रथामिकीकरणको आधारमा थप्दै जाने योजना रहेको संस्थाका अध्यक्ष बमकुमारी बुढा बताउँछिन् । यी १२ जातिको घरको स्थलगत अध्ययन तथा नक्साङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । कोइँचको परम्परागत घरको नमून माथिल्लो बुज (गुप्तेसोर) परशुराम सुनुवार (हरिलाल सुनुवारको बुबा) को घरलाई आधार बनाइएको छ । सुनुवार सेवा समाज पनि नेपाल राष्ट्रिय जातिय संग्रहालयको संस्थापक सदस्य हो । यसरी शुरुमै कोइँचको घर संग्रहालयमा समावेश हुनुमा नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा पर्ूव जिल्ला सभापति महेशकुमार कोरमोचाको ठूलो हात रहेको छ । कोइँचको संग्रहालय निर्माणमा रणवीर सुनुवार (रगनी ओखलढुंगा), तोरणबहादुर सुनुवार (भूजी, रामेछाप), राधादेवी सुनुवार (गुप्तेश्वर, रामेछाप), पर्ूवसभासद दालकुमारी सुनुवार तथा ले. मानबहादुर सुनुवार (गुप्तेश्वर, रामेछाप) सहयोग रहेको छ । उत्तमकुमार सुनुवारले संग्रहालय ढाँचा तयार गर्नु भएको नेपाल पर्यटन बोर्डको कोइँच संग्रहालय निर्माणमा सुनुवार सेवा समाजको तत्कालीन अध्यक्ष लोकप्रिय सुनुवार व्यवस्थापन संयोजन गर्नु भएको थियो ।
अहिले सरकारले यस संग्रहालयका लागि केही टोकन मनीको रुपमा लगानी गर्न शुरु गरेको छ । विभिन्न १२ जातिको स्थलगत अध्ययन तथा नक्सा तयार पार्न संस्कृति मन्त्रालयले पुरातत्व विभागको निगारानीमा लगानी गरेको छ । पहिलो चरणको परम्परागत कोइँच खिँको नमूना नक्सामाथि पुरातत्व विभाग सिंहदरबारमा छलफल भईसकेको छ अन्तिम छलफलको क्रममा रहेको जानकारी संग्रहालयका उपाध्यक्ष दालकुमारी सुनुवारले दिएका छन् ।
Read More

Share

खोइ त पहिचान वारे चेतना ? सामि पिदार र येले थोचेको हार्दिक शुभकामना

कुनै जातिको पहिचान नास गर्नु छ भने उनीहरुको भाषा-संस्कृति र धर्मलाई नाश गर भन्ने विस्तारवादीहरुको सिद्धान्तलाई फिरङ्गी खस बाहुनले अबलम्बन गरे पनि भौतिकरुपमा कोइँचको संस्कार संस्कृति, लिखित अलिखित इतिहास, सामाजिक चालचलन नास गरे पनि मानसिकरुपमा कोइँच संस्कार संस्कृतिलाई अझै मास्न नसकेको प्रमाण आम कोइँचले मान्दै आएको ङारिच महिनामा मनाइँदै आएको सामि पिदार तथा येले थोचेलाई मान्न सकिन्छ । ‘कुनै पनि घटनाको सही इतिहास पचास वर्ष पछि मात्र लेखिन्छ ।’ इतिहासविद्हरुको दाबी रहेको छ । हो पहुँचमा भएकाहरुले वर्तमानमा सत्य तथ्य बङ्ग्याउने गर्दछन् । तर इतिहास इतिहास नै हो । समय वित्दै जाँदा सत्यता कसैले लुकाउन सक्दैन । सत्य उजागार हुन्छ । अहिले त्यस्तै भएको छ । १८८२ साल पछि खेत किपट तत्कालीन गोर्खा राज्यलाई जिम्मा दिएर हिन्दू धर्म अँगाले पछि कोइँच (सुनुवार/मुखिया) हरुले आफ्नो मौलिक धर्म विस्तारै विर्सन गए । माघमा पर्ने सामि पिदार र येले थोचेलाई माघे संक्रान्ति भनेर मान्न थाले । तर पनि विहानै उठेर मुख धोइ बनतरुल खाने, धाराको माथि फापारको बटुक, फलफुल, काँचो बनतरुल चढाएर दुब-लु होपो -पानीको देवता) को पुजा गर्ने चलन भने छाड्न सकेनन् । न त टपरीमा चामाल, मास, फलफुल, बटुक बनतरुल राखेर सेतो टिका लगाएर दक्षिण दिई सामि पिदार -चेलीबेटी पुज्ने चाड) गर्न छाडे ।
हुन त आफुलाई विद्वान भन्दै गफिने कतिपय कोइँच बन्न नसकेका बाहुनवादी कोइँचहरु, जसले समाजलाई विखण्डनका बाटोतिर धकेलीरहेका छन्, का लागि सामि पिदार तथा येले थोचे पनि गफगाफ मात्र हुनसक्छ । अर्थात् सामि पिदार र येले थोचे काउसो जस्तै भएको छ । उनीहरु माघे सक्राति भनि टोपल्छन् । माघे सक्राति कसरी नामाकरण भयो भन्ने समेत ज्ञान नभएका छद्म नामबाट लेखरचना लेखी टोपल्ने ती अनुहार लुकाउने विद्वानहरुलाई इतिहासले गम्भिर मुल्याङ्कन गर्ने नै छ । Read More

Share