December, 2012

now browsing by month

 

समाजिक लोकतान्त्रिक पार्टी संघीय तदर्थ समितिको नामावली

क. अध्यक्ष मण्डल
क्र.सं.    नाम थर    जिल्ला  
१    डा. चैतन्य सुब्बा    काठमाण्डौ
२    श्री कुमार र्राई     भोजपुर
३    श्री बमकुमारी बुढामगर    रोल्पा
४    श्री पासाङ सर्ेपा    ताप्लेजुङ
५    श्री दलमर्दन कामी     सुनसरी
६    श्री ज्योति दनुवार     सिराह
७    श्री निमा ग्याल्जेन सर्ेपा -हृयोल्मो)     सिन्धुपाल्चोक

संघीय सदस्यहरु
क्र.सं.    नाम थर    जिल्ला    सर्म्पर्क नं.
१    श्री बिसन र्राई     खोटाङ
२    श्री सुवास तामाङ    नुवाकोट Read More

Share

किरात कोइँच (सुनुवार) को महान चाड शाँदार पिदार धुमधामसँग मनाउँदै किरातीहरु

सुनुवार डट ओआरजि समाचारदाता ।
१३ पुस, ललितपुर । २०५८ सालदेखि नेपाल सरकारले राष्ट्रिय चाड घोषणा गरेको किरात चाड (शाँदार पिदार, चासोक तङनाम, चोसुवा, उधौली) ले आज ११ वर्षपुरा गरेको छ । यसै सर्न्दर्भमा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सानो हात्तिवनमा धुमधामसँग पूजाअर्चना गरी किरात चाड शाँदार पिदार सम्पन्न गरेका छन् । यस चाडको उपलक्ष्यमा विश्वभरि छरिएर रहेका किरातीहरुले शुभकामना आदान प्रदान गरी शाँदार पिदार मनाउने गर्दाछन् । अहिले नखिपोट खेलमैदानमा कोइँच र र्राईहरुले धुमधाम शाँदार नाच नाच्दै आफ्नो चाड मनाउँदै छन्  ।

आदरणीय वेवभिजिटर मित्रहरु भिडीयो अपलोड गर्दै छौं कृपय धर्ैय गर्नु होला ।

Share

उधौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

सुनुवार डट ओआरजी
उधौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले शुभकामना मन्तव्य दिँदै संविधानसभा विघटनपछि दलहरुले नैतिक जिम्मेवारी लिई आत्मालोचना गर्नको बदला एकापसमा आरोप–प्रत्यारोप गरी जनतालाई अलमल्याएको प्रसंगसमेत निकाले ।
‘निर्वाचनमा पराजितहरूको सक्रियता बढ्नाले संविधानसभा विघटन हुन पुगेको हो,’ उनले भने, ‘संविधानसभा विघटनपछि दलहरूले नैतिक जिम्मेवारी लिई आत्मालोचना गर्नुको सट्टा आपसमा आरोप–प्रत्यारोप गरी जनतालाई अलमल्याएका छन् ।’ जनसंविधान जारी गर्न संविधानसभा निर्वाचन गरिएको बताउँदै शेर्पाले विघटन गरिनुलाई ‘निर्लज्ज’ भनी टिप्पणी गरे । ‘आदिवासी जनजातिकै मुद्दाका कारण संविधानसभा विघटन भएको हो भन्ने खण्डनसमेत गर्छु,’ उनको प्रस्टोक्ति छ ।
कार्यक्रममा किरात याक्खा छुम्माका उपाध्यक्ष लोकेन्द्र याक्खाले चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा)मात्रै किराँती नभई हायु, जिरेल, सुरेल, थामी र ज्यापुले समेत किरात रहेको बताउँदै आएको औंल्याए । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष याम पायेंखुले चार किरातले चलाउँदै आएको येले संवतबारे यलम्बर फाउन्डेसनले अनुसन्धान गर्दै आए पनि किरातजन्य संस्थासँग समन्वय नगरेको जानकारी दिए ।
समाजका अध्यक्ष मनप्रसाद सुनुवारले ओल्लो किरात कोइँचवानको लागि निरन्तर संघर्ष गर्न सबैलाई आह्वान गरे । कार्यक्रम समाजको केन्द्रीय कार्यालय कोटेश्वरमा सम्पन्न भएको थियो ।

Share

हार्दिक निमन्त्रणा

आदिवासी सुनुवार (कोइँच) हरुको महान चाड शाँदार पिदार (किरात चाड-२०६९) को उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा आठौं राष्ट्रिय सम्मेलन (पूरक २०६९) मा स्वयम् सेवक भई योगदान पु्रर्‍याउने सुनुवार (कोइँच) दाजुभाई दिदीबहिनीहरुलाई कदर पत्र सहित धन्यवाद ज्ञापन कार्यक्रम देहाय बमोजिम मिति, स्थान र समयमा आयोजना हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ ।
कार्यक्रम
मिति : २०६९ पौष १२ गते विहीवार
स्थान : सुनुवार सेवा समाजको भवन, कोइँचनगर, कोटेश्वर
समय : दिनको ठिक १.०० बजे ।
सुनुवार सेवा समाज
केन्द्रीय समिति
सूचना तथा सञ्चार विभाग
पुनश्च : किरात चाड शाँदार पिदार भव्यरुपमा सबै किराती दाजुभाई दिदीबहिनीहरुले मानऔं र अन्यलाई पनि आफ्नो चाडको वारेमा जानकारी गराऔं । पुस १३ गते विहान ९ बजे सानो हात्तीवनमा गई पूजा आराधना गरौं र नखीपोट खेल मैदानमा दिउँसो जम्मा भई हाँसालताम्साल गरौं ।

Share

कमलाखोँज तथा सुनकोशी वरपर छरिएर बसेका (दशथरे) सुनुवारहरु

-क्याःब चेरेहाम-सो (सूर्यप्रकाश सुनुवार)
हुन त कोइँच (सुनुवार) हरु एक हौं वा हुनर्ुपर्छ भनिन्छ । हो एक हुनु अहिलेको आवश्यकता हो तर एक हुने नाममा आफ्नो पहिचान नै नाश गर्न खोजियो भने एक हुनुको कुनै अर्थ हुँदैन । यहाँ एक सुनुवारको नारा दिएर २२ भइया भन्ने अग्रज भनौदा लोँठहरु पनि हामी माझ छन् । शायद त्यस्ता लोँठहरुका लागि हाम्रा पूर्खा मूर्खा लाग्न सक्ला । तर यथार्थ त के हो भने स्थलगत अध्ययन गरे पछि हामी कोइँचहरु वीच दासथारे र बाराथारे कोइँच वीच केही भिन्नता देखियो । यो भिन्नता हाम्रो लागि पहिचानको विषय हुनु पर्छ । बाराथारे कोइँचको विषयमा त धेरै अध्ययन भएको छ । मै हुँ , जान्ने बुझने मै हुँ भन्ने कोइँचहरु अहिलेसम्म बाराथरे नै छन् । तर दासथारे कोइँचको बारेमा खासै कसैले केही लेखेको पाउँदैनौ । यिनै दासथारे कोइँचहरुको वारेमा केही तथ्यको यहाँ चर्चा गरौं :
दशथरे सुनुवारहरुको भाषा : सुनुवारहरुमा विविध उपजातहरु पाइन्छन र भाषामा पनि केही भेद पाइन्छन । विशेष गरी सुनुवारहरुमा बाह्रथरे सुनुवार, दशथरे सुनुवार, जिरेल सुनुवार र सुरेल सुनुवार भनी आएको भएपनि अहिले जिरेल र सुरेल बेग्लै जातिको रुपमा स्थापित भइसकेका छन र हाल बाह्रथरे र दशथरेले मात्र आफुलाई -कोइँच) सुनुवार भन्दछन । जसमा बाह्रथरे कोइँचहरुले मात्र आफ्नो मातृभाषा बोल्ने गर्दछन, दशथरे -कोइँच) सुनुवारहरुमा भाषा र सँस्कार प्रायः लोप भइसकेको छ तथापि अझै पनि मातृभाषाको लवजले दशथरे सुनुवारहरुलाई छोड्न सकेको छैन । दशथरे सुनुवारहरुमा मातृभाषा निमिट्यान्नै भइसके पनि यसका अवशेषहरु भने कतै कतै पाइयो । अझै पनि केही व्यक्तिहरुले एक/दुइ शब्द प्रयोग गर्दछन तर कुन शब्द खसान्त भाषा र कुन शब्द मातृभाषा भनी ठम्याउन भने सक्दैनन । यद्यपि उनीहरुको भाषा कोइँच सुनुवार भाषा भए पनि बाह्रथरे कोइँचहरुकोेे भाषा भन्दा केही पृथक थियो भन्न सकिन्छ ।

दशथरे सुनुवारले छिटफुट बोल्ने गरेको भाषा :
दशथरे    बाह्रथरे  खस

जारा    खामे    भात
खाइ    खाइ    तिहुन
मिरचान     दुअ्च    खर्ुसानी
मे    मिः    आगो
पाकु/कुइ    बÞाकु    पानी
शिङ    शिः    दाउरा
टुङ्गा    शाँःम    जाँड
गालि/ङोक्तान    शेरेकु/आराकु    रक्सी
टुने    तुःचा    पिउनु
जुने    जाचा    खानु
आजुने    माजाचा    नखानु
जुनि    जाइ    खाउँ
फिनि    पितो    ल्याउ
लेसा     बा    छ
माले    माबा    छैन
बुच्पा    जोइ    बाघ
चेलाङ    चापो    सुंगुरको पाठा
खोरे     खोरे    बटुको/डबका
शिमाङ    हिङारो    पोङ
लापटे    सफा    पात
गेउँ    बुलसु    मृत आत्मा
बगे    बगे    बजै/हजुर मा
वासन    गिँःजा/गिँःजो    न्वागी
वासन    पिदार    पिदार
हाचा लोचा –    दोथ लाचा –    कता जाने –
हाचालोचा हाचालोचा –     दोतथामे दोतथामे –     कता हो कता –
ससुराली जाउ त पल्कै पमिता …………..     ससुराली गएर पल्किने भयो ।
(भद्रकुमारी ओङदा-थोत्री, एकलबहादुर दलमुखी, भक्तबहादुर दलमुखी, बुदुमा दलमुखी-केमुना, ७५वषर्ीय बृद्ध भैरबबहादुर ओङदा-ओख्रेनी र नाम बताउन नचाहने दुइ बृद्धाबाट संकलित शब्दहरु)

Read More

Share

तपाईले पोष्ट गरिदिनु भएन मैले त सबै साथीहरुलाई सि.सि. गरेर इमेल गरिदिएँ “विरोधाभास अभिव्यक्तिको चरमोत्कर्ष”

समाचार विश्लेषण

सुनुवार डट ओआरजि
‘तपाईले पोष्ट गरिदिनु भएन मैले त सबै साथीहरुलाई सि.सि. गरेर इमेल गरिदिएँ ।’ – एकजना ओआरजि मित्रको भनाइ हो यो । लागे छ उनलाई सञ्चारमाध्यम कसैको पेवा हुन्छ । सञ्चारमाध्यम सबैको साझा हो, कसैलाई दुईमत नहोला । तर सबैको हुँदाहुँदै पनि प्रत्येक सञ्चारमाध्यमको हाउस स्टाइल (गृहशैली) फरकफरक हुन्छ भन्ने कुरा ती मित्रलाई थाहा  हुनुपर्ने ।
‘समाचार लेख्नु त लेख्नु अति नगर्नु । तपाईँहरु पत्रकारिता गर्नुस् म मान्छु । तर पित पत्रकारिता नगर्नुहोस् ।’ –दोस्रो ओआरजि मित्रको सुझाव थियो । उहाँले थप्नभयो –तपाईँहरुले यस साधारण सभाको सूचना समेत पठाइदिनु भएन । शायद ती मित्र महोदयलाई सूचना पठाउन स्पेश (ठाउँ) खरिद गर्नुपर्छ भन्ने ज्ञान भएन क्यार । उहाँलाई पित पत्रकारिता भन्ने त्यत्रो ज्ञान भएपछि सञ्चारमाध्यमको सहरा विज्ञापन हो भन्ने पनि थाहा हुनुपर्ने । जव कि सुनुवार डट ओआरजिले मङ्सिर ३० गते सुनुवार सेवा समाजको साधारणसभा हुँदैछ भन्ने समाचार सम्प्रेषण गरिसकिएको आम पाठक तथा दर्शक, वेब भिजिटरलाई ज्ञात छँदै छ । कसैको व्यक्तिगत तथा संस्थागत आधिकारिक भनाई छाप्नलाई त स्पेस (ठाउँ) किन्नुपर्छ नै । जव कि प्रथम मित्रले एक इमेल आर्टिकलमा लेखेका छन्– ‘सुनुवार डटओरजीमा केही व्यक्तिहरुको अनाधिकृत रुपमा पोष्ट गरिएका अभिव्यक्तिहरुले पनि सुनुवार जातिको एकता र सद्भावमा भ्रम र अविश्वास पैदा गरिदिएको देखिन्छ ।’ यसैले आधिकारीक सूचना विज्ञापन प्रकाशन गर्न हाम्रा मार्केटिङ एक्जिकुटिभ वा विज्ञापन एजेन्सीमार्पmत आउनुपर्छ भन्ने कुरा पनि थाहा हुनुपर्ने हो । जब कि त्यही विज्ञापन एक सञ्चारगृहमा लिएर जाँदा एजेन्सीमार्पmत आउनुहोस् भन्ने जवाफ पाएर फर्किएको ती दोस्रो मित्रले स्वीकार गरिसक्नुभएको कुरा हो । जहाँसम्म ‘अनाधिकृत रुपमा पोष्ट गरिएका अभिव्यक्तिहरु…’ भन्ने वाक्य छ त्यस सम्बन्धमा जेजति वेबसाइडको होमपेजमा पोष्ट भएका लेख, समाचार र अन्य सामग्रीहरु छन् ती सबै सामग्रीहरु हामी आपैंmले पोष्ट गरेका सामाग्रीहरु हुन् । सुनुवार डट ओआरजिमा अन्य कुनै पनि व्यक्तिले अनाधिकृत रुपमा पोष्ट गरेको छैन । तर कमेन्ट सेक्सनका पोष्टहरुलाई भनिएको हो भने त्यस्ता पोष्टहरु अभिव्यक्ति स्वतन्त्रताको लागि सबैलाई खुला गरिएको हुँदा सबैले कुनै पनि समाचार वा लेखमा प्रतिक्रिया जनाउन सक्ने भएको हुँदा एप्रुभ (स्वीकार) गरेका छौं । जसको विषयमा जोसुकैले प्रतिक्रिया दिन सकिने छ । यदि आधिकारीक अभिव्यक्ति भन्न खोजिएको हो भने हाम्रा समाचार स्रोतप्रति हामी विश्वस्त छौं । आधिकारिक अभिव्यक्ति होइन भन्ने लाग्छ भने तत्काल सप्रमाण खण्डन गर्न जोसुकैले सक्नुहुने छ । यसैले अनाधिकृत पोष्ट वा आधिकारीक अभिव्यक्ति भन्ने शब्दजाल ओच्छाइरहनुपर्ने छ जस्तो हामीलाई लाग्दैन ।
‘सुनुवार डट ओआरजिलाई कारवाही गर्नुपर्छ । यसले सुनुवारबीच फाटो ल्यायो ।’ सुनुवार सेवा समाजको सम्मेलनमा विगतका दुईवर्षदेखि यसपाली पनि साधारण सभामा कुरा उठ्यो सुनुवार सेवा समाजमा । त्यसो हो भने सुनुवार डट ओआरजिले के त्यस्तो काम ग¥यो त सुनुवारहरुबीच ? कसैले प्रमाण पेश गर्न भने सकेका छैनन् ।
यी तीन घटना कुनै पनि गम्भीर हुनुपर्ने र आपत्ती मान्नुपर्ने कुरा होइनन् । तर वहसका कुरा भने पक्का हुन् । कसैले भएको सूचना लुकाएर लुकाउँछु भन्ने नठाने हुन्छ । हो, वहस र तर्क जसले जसरी गर्छ जो कुरा गर्न सक्छ वा कुरौटे छ वा लाज पचाएर पनि आफ्नो कुरालाई लेँडे तर्क गरेर माथि पार्न चाहन्छ त्यस्ताहरुलाई सूचना ढाकछोप गर्न सक्छु भन्ने लाग्नु स्वभाविक हो ।
‘ल साह्रै राम्रो गर्नुभएको छ सुनुवार डटओआरजि सञ्चालन गरेर । संचालकले सुनुवारहरुलाई एउटा उदाहरणिय प्लेटफर्म दिएका छन् र उनी धन्यवादका पात्र पनि हुन् ।’ मौखिक मात्र हैन लिखित अभिव्यक्ति नै दिएका छन् ति प्रथम मित्र महोदयले । तर फेरि भन्नुहुन्छ– ‘सुनुवार डटओरजीले सुनुवार जातिको एकता र सद्भावमा भ्रम र अविश्वास पैदा गरिदिएको देखिन्छ ।’
यो विरोधाभास अभिव्यक्तिले वास्तवमै कतिपय हाम्रा पाठक, दर्शक, स्रोता तथा भिजिटरलाई भ्रम पैदा भएको छ भने अहिले नै स्पष्ट अनुरोध छ कि अभिव्यक्ति दिनु सबैको स्वतन्त्रताको कुरा हो । सबैलाई आफ्नो विचार पोख्ने अधिकार छ तर हामीलाई विश्वास छ, ती त्यस्ता अभिव्यक्तिहरु के कति सत्य हुन् भन्ने कुरा पाठक, लेखक, भिजिटर, दर्शक, स्रोता तथा ओआरजिका मित्र, शुभचिन्तकहरुले विश्लेषण गरेर बुझ्नुहुने छ ।

Share

सुनुवार सेवा समाजको आठौं पुरक राष्ट्रिय सम्मेलन

सुनुवार डट ओआरजि समाचारदाता ।
सुनुवार सेवा समाज आठौं पुरक राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । अध्यक्षको पदको लागि मनप्रसाद सुनुवार र लोकप्रिय सुनुवार वीच भएको निर्वाचन प्रतिस्पर्धामा ११७ मतले मनप्रसाद सुनुवार अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । १९० जम्मा मत मध्ये १६० मत खसेको थियो भने छ मत बदर भएको थियो । बाँकी अन्य पद निर्विरोध निर्वाचित हुनु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सो सम्मेलनमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोराङ, र्सलाही, सिन्धुली, धनुषा, ओखलढुंगा, रामेछाप, भक्तपुर, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका सुनुवारहरुले प्रतिनिधित्व गरेका थिए ।
सो सम्मेलनले अहिलेसम्म गरेको काम कारवाहीलाई पारित गरेको थियो ।

सुनुवार सेवा समाज केन्द्रीय समितिको निर्वाचित पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष मन प्रसाद सुनुवार
उपअध्यक्ष
रणवीर सुनुवार
देविन्द्र कुमार मुखिया
विमला सुनुवार
माहासचिव खडोस सुनुवार
सचिव मनोजकुमार सुनुवार
कोषाध्यक्ष उत्तमकुमार सुनुवार
सदस्य
शान्तिमाया सुनुवार
झनाकुमारी सुनुवार
डिकासंघर्ष सुनुवार
शोभादेवी सुनुवार
टंककुमारी सुनुवार
विश्वकिरण सुनुवार
समिर मुखिया सुनुवार
अमरदिप सुनुवार
दर्ीघबहादुर सुनुवार
प्रेमकुमार सुनुवार
नारायणबहादुर सुनुवार
मोहनबहादुर सुनुवार
बुद्धिबहादुर सुनुवार
अमृतबहादुर सुनुुवार

Share