Recent Comments

२५औँ विश्व आदिवासी दिवस सम्बन्धमा

मितिः २०७६/०४/१३
श्री अध्यक्षज्यूसम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू र सम्बन्धन संगठनहरूप्रदेश र जिल्ला समन्वय परिषद्हरू तथा विदेशस्थित सम्बन्धन शाखाहरू ।
विषयः २५औँ विश्व आदिवासी दिवस सम्बन्धमा ।
महोदय,विश्वभरका आदिवासी जनजातिहरूमाथि सम्बन्धित औपनिवेशिक राज्यबाट नियोजित तरिकाले गरिरहेको राजनीतिक, भाषिक, समाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, शैक्षिक विभेद तथा मानव अधिकार हनन्लगायत सबैखाले उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघद्धारा सन् १९९४ मा (२५ वर्ष अघि) घोषणा गरिएको विश्व आदिवासी दिवसलाई यस वर्ष पनि मनाउन गइरहेका छौं । र विश्व आदिवासी दिवसको २५ वर्ष बितिसक्दा पनि नेपालमा राज्यपक्षबाट आदिवासी जनजातिहरूमाथि हुने विभेदको क्रम रोकिएको छैन । आदिवासी जनजातिमाथि हुने सबैखाले विभेदका बिरुद्ध नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघले स्थापना कालदेखि संघर्ष गरिरहेको स्मरण गराउँदछौं ।विश्वभरका आदिवासी जनजातिहरू रजत वर्ष २५औँ विश्व आदिवासी दिवसलाई पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष/आन्दोलनको रुपमा भव्यताका साथ मनाइरहँदा नेपालका आदिवासी जनजातिहरूले पनि रजत वर्ष २५औँ विश्व आदिवासी दिवसलाई ‘Indigenous Languages’ भन्ने विश्वव्यापी नारासहित ‘पहिचान सहितको संघीयता र स्वायत्तता/स्वशासनका लागि संविधान संशोधन हाम्रो साझा अभियान । २५औँ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन ।।’ भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ, यससम्बद्ध आदिवासीय सदस्य संगठनहरू, सम्बन्धन संगठनहरू, नेफिनका प्रदेश, जिल्ला, स्थानीय तह (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा वडा)का संगठनहरू, विदेशस्थित सम्बन्धन शाखाहरू, आदिवासी जनजाति क्षेत्रमा क्रियाशील संघसंस्थाहरू र सम्पूर्ण आदिवासी जनताले २५औँ विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष/आन्दोलन जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन गइरहेको अवगत गराउँदछौं ।यसै सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय, सल्लाहकारहरू, आदिवासी जनजातीय संगठनहरू, सम्बन्धन संगठनहरू लगायतको सम्वत् २०७६ साउन १२ गते बसेको बिस्तारित बैठकको निर्णयबमोजिम यस रजत वर्षको २५औँ विश्व आदिवासी दिवसलाई समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाउन सबैमा जानकारी गर्दछौं । कतिपय आदिवासीय सदस्य संगठनहरू र सम्बन्धन संगठनहरूको आयोजनामा आन्दोलनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू हुन गइरहेको समेत अवगत गराउँदछौं । तसर्थ, नेफिनका सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरूले २५ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाउन सम्पूर्णमा विशेष अनुरोध गर्दछौं । विविध कार्यक्रमहरू सहितको आन्दोलनलाई सफल बनाउन तथा मनाउनका लागि आ–आफ्नो तर्फबाट योगदान पु¥याउन नेपाल आदिवासी जनजाति महासंघ तथा २५औँ विश्व आदिवासी दिवस–२०७६, मूल आयोजक समिति हार्दिक अपिल गर्दछौं ।२५औँ विश्व आदिवासी दिवसको हार्दिक शुभकामना । धन्यवाद । जय आदिवासी जनजाति ।(नोटः नारा सहितको व्यानरको नमुना यसैसाथ इमेल गरिएको छ ।)
………………………

जगतबहादुर बरामअध्यक्ष तथा संयोजक, २५औँ विश्व आदिवासी दिवस–२०७६, मूल आयोजक समिति ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives