आफनै बारीमा उम्रिएर
उत्तर, दक्षिण, पुर्व, पश्चिम,
कतैको बाछिटाले नभिजी
झरौ राष्ट्रियताको भावनाले सिँचिएर
खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि
कहिले बादशाहहरुका
तरवारले काटिएर
कहिले बारुद र छर्राहरुले
छिया छिया पारिएर
कहिले लेवालीहरुलाई
भि.सी. तक्माहरुमा बेचिएर
इतिहासको पानाहरुबाट
हराएको म
यो शहरमा
यो नगरमा
कुनै पनि आस्थाका
झण्डामुनि नअटाएर
आफनै वस्तीमा
आफै हराएपछि
लाखौ अतृप्त भक्तजनहरुलाई
तृप्त पार्न असक्षम
पशुपतिको शिवलिङ्ग जस्तै
केवल एक भोटको बाजीमा
पुरै जिन्दगी हारेर
सडकको किनारामा ठिङ्ग उभिएको
सबैले विर्सिएको
शहीदको शालिक भएको छु ।

 

—- >चेरेहामसो क्याबा
खिँची निभारे, ओखल्ढुंगा

Share

3 Comments to

  1. ingi bukulu says:

    वारचै केाँइच लेा पेँदिनि ? पने इसकेालि चेासचेास अाम जेासजेास । मार ङनाइयेा बेलेस रिनशेा, मिलमिलेा बाअत बारसिला । एकेा बेलेस केाँइच लेामि थाँकानु दिश बेालेाबामे माइ…

    थरि कायाबा
    साउदिले

  2. Reena says:

    यथार्थ वोलिरहेछ ………

  3. prakash sunuwar says:

    चेरेहाम्सो क्याबाली जी अब शहिद बनाउने बन्दुकहरुको चिता सल्काएर घोप्टे अपराधीहरुलाई हामीले खोज्दैछौ,

    केवल एक भोटको बाजीमा
    पुरै जिन्दगी हारेर
    सडकको किनारामा ठिङ्ग उभिएको
    सबैले विर्सिएको
    शहीदको शालिक भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *