फोः जाबो कोरोना देसान : माराइ मापाइबा

–कोइँचबु काःतिच
ढुक्क हुनुहोस्, कोरोनाको उपचार नेपालमा सम्भव छ रे त सरकारले । अनि सोचेँ हो त । देख्नु भो खरिपाटी क्वारेन्टाइनमा बसेका नेपालीलाई केही भो ? उनीहरु चीनबाटै आएका हुन् त । नेपाली हो नि केही हुँदैन । जाब सार्स, स्वाइनफ्लुनु, बर्डफ्लुले त केही गर्न सकेन ।
मात्रै हल्ला । हल्लाकै पछि लाग्ने चलन छ नेपालमा ।

ल हेनुस् विचार गर्नुस् त !
अब,
सराप पनि नयाँ
धम्की पनि नयाँ
डर पनि नयाँ
धन कमाउने व्यापार पनि नयाँ ।

‘थुइःया खाराने कामिटोटो
इँकालि मारे कोरानामि मायोल्दा रे।
अर्थात् तँलाई हैजाले लाने !
भन्नुको सट्टा
थुइया
तलाई कोरानाले लैजाने त !’ पो ।

निहु खोज्यो कसैले भने
‘ओइ तेरो घरमा कोरोना पठाइ दिम रे ।’

मान्छे पनि डराइ हाल्ने,
‘आबिइ कोरोना !
यसले त खोक्दै रैछ, रुघा पनि लागेको रैछ
ज्वरो पनि छ ।
ल छुनु हुँदैन है, सर्छ ।
भागुम् भागुम रे ।’

कसो चोरले कोरोना लागेको अभिनय गर्न भ्याएको छैन ।

यत व्यापार नि
अव मेडिकल पसलले त सर्जरी मास्क बेच्ने नै भयो
रोडमा पनि पो मास्क,
‘ए दाइ मास्क लगाउनुहोस् कोरोना लाग्छ’, रे ।
कस्मेटिक, स्टेस्नरी, खाद्य, किनरा पसल
हुँदा हुँदा रक्सी पसलमा पनि मास्क व्यापार,
तर किन्छु भन्दा पनि पाइँदैन । अनेक अनुरोध गर्दा बल्ला रु. ३०, ४० मा एउटा मात्रै पाइन्छ ।
यो कोरोन भाइरसको समय त नेपालको माओवादी छापामार युद्धको समयभन्दा नि खतरा निस्क्यो त । छापामार र छापामार लघार्ने सेनाहरु भन्दा नि खतरा ।
हुँदा हुँदा त्यो पञ्ज व्यापारीले पनि कति पैसा घुस दिएछन् कि क्यार, एक जना डाक्टर साबले त मास्क होइन कोरोनाबाट बाँच्न पञ्जा महत्वपूर्ण छ रे ।

फेरि साबुनको पनि सित्तैमा विज्ञापन आउँछ ।
विहानबेलुका साबुनपानीले हातमुख धुनुहोस् रे । हामी आफैंले धोएकै हो । जतिबेला पनि कोराना सर्न सक्छ । फलममा त १२ घण्टासम्म कोरोनाको जिवाणु बाँच्नसक्छ । फलम जस्तो चिजहरु छुनुभयो भने साबुनपानीले हात धोइहाल्नुहोस् रे ।

यति भनेपछि, सुनेपछि लाग्यो कोरोना डेञ्जर त डेञ्जर नै र’छ नि ।

तर हामी ढुक्का छौं, नेपाल सरकारले ढुक्क हुनु भनेको छ नि । कोरोनाको प्रतिरोध गर्न नेपाल तयार छ । सक्छ रे त । किन चिन्ता ? हो पनि । त्यस्ता जाबो देसान, हैजा हामी नेपालीहरुले कति पचायौं पचायौं । २४ सै घण्टा सिँः सिँः गर्दै ‘ह्याँ झेक्नेकालि ! ब्लेँः पार्दै सिँगान झार्दै फ्यात्त सिँगान घुरेन, आँगन, बारी, बाटोभरि फाल्दै रातोपिरो भएर खेतवारी जोतेको, कुटुकोदालो गरेको, ढिकी जाँतो गर्दै आएको न हौं ।
होइन भने लु, कोइँचले बनाएको कोदोको तीनपाने घिउमा झानेर स्वाट्ट पारेर अगेनाको डिलमा राडी घुम्लुङ्ङा ओडेर पसिनै पसिना निकालेर आगोको अगेटमा रापिनु होस् त भोलि विहान कोरोनाले तपाइँसँग हारेर ग्वाँ ग्वाँ रुँदै भागेन भने मलाई भन्नुहोस्, कहिलेकाहीँ म पनि सरकारले जस्तै ग्यारेन्टी बसुँ बसुँ लाग्छ । किनभने हामी कोइँचहरुले उहिल्यैदेखि अभ्यास गर्दै आएको कुरा हाम्रा डाक्टर सापहरुले अहिले पो बल्ला बुझे छन् त, कोरोनाको सत्रु तातो हो भनेर ।
‘कोरोना त उहिलेदेखि नै देसानको नामले हाम्रोमा घुमीफिरी बसेकै पो र’छ नि ।
अस्तीको दिन सुनुवार समाज सहकारीको बनभोजमा ब्लामिच उपाध्यक्ष बिष्णु सुनुवारले सुझाए, त्यो हामीले दाग्दिमि थित्तु भनेर कोदोको आराकु खाएर देसानमेसानको उक्कार गरेको चीजलाई नै पो नोबल कोरोना भन्ने र’छन् नि । फोः जाबो देसान । इइँकालि माराइ मापाइब ।’ म पनि झसंगा भएँ । ए अनि पो सरकार ढुक्क रछ त । हामी कोइँचहरुले उहिल्यैदेखि कोरोनालाई तर्साएर बसेको कसैलाई थाहै थिएन । कसरी सरकारले थाहा पाए छ । कि हाम्रा जातीय मोर्चा खोलेर नेता बनेका पार्टीका लाउके सुनुवार साथीहरुले खबर पुराए ? आल्मल्लमा परेँ ।
तर लापर्वाही र हेलच्यक्राइ चाहिँ नगर्नुहोस् है कोरोनालाई । आत्मबल दरो बनाउनुहोस । चिसोबाट बच्नुहोस् । ढुक्का हुनुहोस्, कोरोनाले केही गर्दैन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *