दालमानले कोइँच पुस्तक पाएन : पुनः सूचना प्रकाशन

–कोइँचबु काःतिच
कोइँच सुनुवार मातृभाषामा वार्षिकरुपमा पुस्तक प्रकाशन भए पनि दालमान अक्षयकोषले कोइँच मातृभाषामा छापिएको पुस्तक नपाउँदा कोइँच मातृभाषामा छापिएको पुस्तक उपलब्ध गराउन पुनः सुचना जारिगरेको छ । कोइँच मातृभाषामा अहिलेसम्म दुई दर्जन भन्दा बढी पुस्तकहरु छापिएका छन् । तर दालमान अक्षयकोषले पुस्तक नभेट्नु अचम्मको कुरा छ । सादा कागजमा पुस्तक उपलब्ध गराउनको लागि जारी गरेको सूचनामा भनिएको छ, ‘दालमान अक्षयकोषद्वारा सञ्चालित २०७६ सालको दालमान पुरस्कार निम्न अनुसार वितरण गरिने कार्यक्रम रहेको हुँदा छनौटको लागि सुनुवार भाषामा प्रकाशित लेख, रचना, गित, कला, साहित्य तथा भाषा स.सकृतिको अनुसन्धानमूलक कृति तथा सृजनाको पुस्तक प्रति दुई निम्न ठेगनामा पठाउन हुन र फोन मार्फत पठाएको जानकारी गराउन हुन दोस्रो पटक यो सुचना प्रकाशित गरिएको छ ।’
वास्तवमा अक्षय कोष भनेपछि लेटरप्याडमा सूचना जारी हुनुपर्ने थियो । हुन त दालकुमारी सुनुवार र मानबहादुर सुनुवारको विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा स्थापित नितान्त पारिवारिक अक्षयकोषबाट वितरण गरिने भनेको दालमान पुरस्कार विगत केही वर्षदेखि स्थागित भएको थियो । पोहरसाल पनि पुरस्कार वितरण गरिने यस्तै सूचना जारी गरेर पुरस्कार वितरण बन्द गरिएको थियो । तर यस बर्ष भने पुरस्कारको लागि पुस्तक उपलब्ध नभएको भनी पुनः सुचना प्रकाशित भएको छ । र, सुचनामा पनि कुन विधामा पुरस्कार दिने खासै खुलाइएको छैन । कोइँच मातृभाषाको पुस्तकलाई दिने हो वा लेखलाई दिने हो कि वा गीतलाई दिने हो प्रष्ट छैन । सुचनामा ‘सुनुवार भाषामा प्रकाशित लेख, रचना, गित, कला, साहित्व तथा सुनुवार भाषा संस्कृतिको अनुसन्धानमूलक कृति तथा सृजनाको पुस्तक’ भनिएको छ । यहाँनेर अन्यौलग्रस्त कुरा भनेको सुनुवार भाषामै लिएको गीत, कविता, कथा वा अनुसन्धानमुलक कृति भन्ने बुझिन्छ । तर तलतिर एमपि थ्रि फाइल पनि मागिएको छ । यसैले यो पुस्तकहरु नआएका हुनसक्छन् कि । कि लेखरचनालाई कि साहित्यलाई कि अनुसन्धानमुलक पुस्तकलाई कि संगीतलाई भनेर पुरस्कारमा खुल्नुपर्ने त्यो सूचनालाई अलमल्ल पारेको छ । प्रथामिकता केलाई हो थाहा नभएको हुँदा पनि दोस्रो पटक सूचना जारी गर्नुपरेको देखिन्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *