कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?

-कोइँचबु काःतिच
कुमारी विश्वको ‘यात्रा’ मा बढी जनसर्म्पर्कमा आएको वाक्यहरु हुन्- ‘सुनुवारमा ‘फुट’ आयो । सुनुवारहरु कहिल्यै ‘एक वा एकजुट’ हुन सकेनन् । सुनुवारमा ‘एकता’ नै छैन । सुनुवारमा ‘एकता’ हुनुपर्छ । ‘एकता’, ‘यूनिटी’, ‘काः अर्थात् गिचचाःकाः’ यी रस नभरिएका फोस्रा शब्द वा गफहरुले कानेगुजी खाएको हुनुपर्छ धेरै सुनुवारको । गिदीमा हुनसम्मको उचाचाकलि, रइफाँडो मच्चाएको हुनुपर्छ । कतै ‘सुनुवारमा फुट आउनु हुँदैन’ भनेर एकताको लिँडे तर्क । कतै ‘एकता’ को नाममा अरुको इच्छा, भावना र साखलाई निमिट्यान्न पार्ने ‘निरंकुशता’ । के, कस्तो कुरा, विषय वा कार्यलाई ‘फुट’ को संज्ञा दिने र के कस्तो अर्थ बोक्ने ‘कार्य’ लाई एकताको संज्ञा दिने – खोइ कुनै सुनुवारले गहिर्राईसम्म सोच्यो सोचेन वा बहसको शुरु गर्‍यो गरेन, थाहा भएन । तर, खोकिएको ‘कोइँच एकता’ नामक रागलाई उच्च आलापमा बहस चलाउनु चाहिँ आवश्यकता भएको देखिन्छ । विविधताका कतिपय कुराहरु नराम्रो लाग्न सक्छन्, मन नपराइन सक्छन्, मेरो भनाई मात्र सही भन्ने लाग्न सक्छ ‘कोइँच एकता’ का खोकी खोक्नेहरुलाई । ‘म मात्र जन्ने, बुझने, अरु सबै खत्तम भयो, अरुले गरेका राम्रा कामहरु पनि व्रि्रीयो वा विगार्‍यो’ भनेर आफ्नो मात्र योगदानलाई कसी लगाएर छापावाला सुन बनाउन खोज्नु मुर्खताको पराकाष्टा हो । ‘आफ्नो सुन्ने बानी छैन’ भन्दैमा सबै कोइँच -सुनुवार) मा क्षमता छैन, धैर्यता छैन भन्नु सम्भवतः एकात्मवादी निरंकुश वाहुनवादी सोँच हुनसक्छ । सुन्न चाहने क्षमता नहुनु अपरिपक्वताको दरो ‘संकेत’ हो । ‘म राजनैतिक तथा कुटनैतिक परिपक्वता, सक्षम र सभ्य जातिको प्रतिनिधित्व गर्दै छु’ भन्ने कुनै पनि कोइँच -सुनुवार) लाई आडम्बर छ भने उसले समाजमा, समुदयमा आफ्नो व्यवहारलाई खार्नु नै पर्दछ । वैयाक्तिक विचारलाई त्यागेर आदिवासी जनजातिको सामुहिक अधिकारलाई आत्मसात गर्नसक्नु पर्दछ । लुकेर, छद्मभेषमा ‘बोक्रे पण्डित्याइँ प्रवचन’ दिनु भनेको पुरातानी बहुनवादी ढोँगी संस्कारको पृष्ठापोषण गर्नु हो ।
समयले फड्को मारीसकेको छ । अबका दिन भनेको यथर्थको धरातलमा उभिएर वैचारिक सिद्धान्तलाई मानवीय व्यवहारमा कसी लगाउने दिन हो । यथार्थलाई अँगाल्ने हो भने ‘कोइँच वस्तीको माग र चाखलाई र्स्पर्श’ गर्नु पर्दछ । हरेक मानिस स्वतन्त्र जीवन जिउन चाहन्छ । हुन त आफ्नो बलियो प्रभाव जमाउन अरुलाई गाली गर्नु, सत्तो सराप गर्नु पर्छ भन्ने कच्चा राजनीतिक अवधारण बोकेका कोइँच -सुनुवार) हरुको पनि कमी छैन । हामीले कहिल्यै खस बाहुनको विरुद्धमा न कलम चलार्यौ न त तरवार । न कुरा चलायौं न छुरा नै चलायौं । खस बाहुनसँग लडाइ गर्न राजनीतिक संगठन खोलेको धाक लगाउने छद्माभेषी कच्च विचारका कोइँचहरु पनि कुमारी संसारमा झुल्किएका छन् । तर कुमारी भित्तोमा खोक्नु जस्तो सरलता व्यवहरमा उतार्नुमा छैन । वास्ताविकता के हो भने ‘खस बाहुनहरु बढी जातिवादी भए, उनीहरुको विचार, धर्म-संस्कृति र रहनसहन हामी माथि लाधे, यसो गर्न भएन वा पाइँदैन, हामी कोइँचको आफ्नै मौलिक धर्म, संस्कृति, भाषा र परम्परागत संस्था तथा न्याय प्रणाली छ त्यसलाई पनि राज्यको वाग्डोर सम्हालेका खसबाहुनले फल्न फुल्न दिनु पर्छ, वहिस्करणमा पार्नु हुँदैन’ भन्ने हो ।
वैयाक्तिकरुपमा कोइँचहरु विभिन्न धर्मर्-दर्शन, विचार र राजनीतिक पार्टीमा आवद्ध रहनु उनीहरुको स्वतन्त्रता हो । व्यक्तिगत मानवाधिकारको कुरा हो । तर कुनै पनि कोइँच एमालेमा आवद्ध छ भन्दैमा सबै कोइँच एमाले हुनर्ुपर्छ, छन् वा कांग्रेस भएँ भन्दैमा सबै कांग्रेस हुन वा राप्रपा, माओवादी हुन्, छन् भन्नु सरासर गलत कुरा हुन् । कुनै कोइँच व्यक्तिगतरुपमा क्रिस्चियन हुन सक्छ, बौद्ध, हिन्दु वा अन्य कुनै धर्ममा आस्था राख्न, मान्न सक्छ तर सबै कोइँच क्रिस्चियन हुन् वा कोइँचको धर्म हिन्दु हो, क्रिस्चियन वा बौद्ध हो भन्नु न्याय संगत र वैधता पाउने दिने कुरा होइनन् । कोइँचभित्रको विविधतालाई नस्विकार्नु वा कोइँचको अन्तरवस्तुलाई नबुझी एकताको नारा मात्र फलाक्नु भनेको ‘कोइँच एकता’ लाई विपरित दिशातर्फ मोड्नु हो । वास्तावमा कोइँच एकताको आधार हामीले सोच्ने, कल्पना गर्नु पर्ने यथार्थ र सम्भव कुरा वा विषय वा कार्य भनेको कोइँच -सुनुवार) पहिचानको लागि उठाइएको मुद्दामा ‘ऐक्यवद्धता’ जनाउनु हो । कोइँच, हरेक ‘पार्टीमा नेतृत्वदायी’ पदमा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता, कोइँचले हरेक ‘देशको प्राविधिक संयन्त्र’ मा नेतृत्व गर्नु पर्दछ, हरेक देशको ‘माटो’ मा फुल्नु पर्दछ, हरेक देशको ‘नीति निर्माण’ तहमा पुग्नु पर्दछ, जसरी कोइँचभित्रको हरेक ‘थरी’ को छुट्टै चिनारी हुन्छ त्यसरी नै हरेक ‘क्षेत्र’ मा सबै कोइँचले आफ्नो पहिचान निर्माण गर्न सक्नु पर्दछ भन्ने ‘कोइँच पहिचानका सर्न्दर्भहरुलाई केन्द्रविन्दु’ बनाएर सोच्नु र त्यस्ता कुरामा र्समर्थन जनाउनु नै ‘कोइँच वीचको ऐक्यवद्धता’ हो, सही ‘एकता’ हो । अरुको आस्था, विस्वास र विचारमा ठेस नपुराइ कोइँच पहिचानको सर्न्दर्भहरुलाई प्रबर्द्धन गर्नमा ऐक्यवद्धता जनाउनु नै कोइँच एकताको मूल तत्व हो ।
कोइँच एकताको खोकाईलाई यथार्थमा पस्किन कोइँच वस्तीमा भिज्नु पर्दछ । समस्त कोइँचले एकमुष्ट संस्कार, संस्कृति अवलम्बन गर्छन् र कोइँच सबै एकै हुन् भन्ने अवधारणा कसैले पालेको छ भने यथार्थमा त्यो गलत हो- ‘राशनाइलुको जिजिचको संस्कार र काःतको काःतिचको संस्कारमा भिन्नता छ । पालापु, लादाभीरको सुनुवार र लिखु, खिम्ती, मोलुङका सुनुवारको विवाह संस्कारमा भिन्नता छ । लिखु, खिम्ती र मोलुङका कोइँच -सुनुवार) मा मामाचेला फुपुचेला चल्दैन उता सुनकोशी वारीपारीका सुनुवारमा मामाचेला फुपुचेला विहेवरी चल्छ । हामी कोइँच -सुनुवार) को अन्तर विविधतालाई समदृष्टि राख्न सकेमा मात्र कोइँच एकताको बलियो लठारो बाटिने छ । यदि हामी कोइँच -सुनुवार) हुनमा गर्व गर्र्छौं भने सबैको वैयाक्तिक राजनैतिक, धार्मिक, सामाजिक विचारलाई सम्मान गर्दै आदिवासी कोइँचको सामुहिक अधिकार, पहिचानको राजनीति र चौथो विश्वको आन्दोलनलाई केन्द्रविन्दु बनाएर सबैले ऐक्यवद्धता जाहेर गर्‍यौं भने हामी कोइँचमा केही परिवर्तनको संकेत देखा पर्ला कि !

Share

2 Comments to कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?

  1. वाह क्या दामी कुरा सोर्र्है आना सहि!

  2. लेक्स सुनुवार किरात says:

    वाउ थम सहि सत्त्ये थमा ङा लोव ब्रेचा दुमश्योम हजुर एन्कल थु हाश्या चेरेदुमेन देनुङ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *