आपतकालिन सानो नगदी स्वास्थ्य सहयोग कोष सुचारु

-कोइँचबु काःतिच
‘यस पटकको कार्यक्रममा यहाँहरूलाई केही सूचना पठाउँदै छु । पहिलो पटक मैले बोलेको स्वास्थ्य सहयोग बारेमा मैले समयमा आएर भन्न नपाउने भएकोले यस कार्यक्रमबाट यो सहयोग वितरण गरिने घोषना गरिदिनु होला ।’ मानबहादुर सुनुवार तथा विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषको विद्वात्तवृत्ति तथा छात्रवृत्रि र शैक्षिक सामाग्री वितरण गर्न कार्यक्रमका लागि संस्थापक भक्तमान सुनुवारले हामीलाई म्यासेज गर्नुभयो । रामेछाप जिल्लाको उत्तरी दुर्गम गाउँ आइत्था बुज, गुप्तेश्वर चुलेप हाल उमाकुण्ड गाउँपालिकामा जन्मेर विभिन्न सामाजिक सेवामा साथसहयोग गर्दै आउँनु भएका भक्तमान सुनुवारले पाँच लाख राशीको भक्तमान सुनुवार स्वास्थ्य सहयोग कोष स्थापना गरेर आम कोइँच सुनुवारको स्वास्थ्यको वारेमा चासो राख्नुभएको छ । शैक्षिक क्षेत्रमा त उहाँले अहिलेसम्म राम्रै परिणाम दिइरहनु भएको छ । उहाँकै इच्छानुसार सुनुवार सेवा समाज संघीय समितिले मंसीर २ गते अबको एक महिनापछि भक्तमान सुनुवार स्वास्थ्य सहयोग कोष सुचारु हुने घोषणा गरेका थियो । अहिले एक महिना पुगेको छ । भक्तमान सुनुवार स्वास्थ्य सहयोग कोषबाट आपतकालीन सानो नगदी स्वास्थ्य सहयोग कोष सुचारु भएको छ । रकमलाई मात्रै हेर्ने हो भने सानो कोष हो । तर भावना ठूलो कुरा हो । कसैलाई सेवा गरुँ भन्ने भावना नै ठूलो कुरा हो । यस कोषको वारेमा संस्थापक भक्तमान सुनुवार भन्नुहुन्छ, ‘हाम्रो नेपालमा राज्यबाट जनता आफु विरामी हुँदा सजिलै र तत्कालै उपचार गर्ने कुनै सेवा सुविधा छैन । स्वास्थ्यसम्बन्धी सबै कुरा जनता आफैंले व्यहोर्नु पर्छ । यसैले आर्थिक अवस्था कमजोर भएका स्त्री रोगले ग्रसित महिलाहरू, बालबालिकाहरु र वृद्धवृद्धाहरुले उपचार नपाएर अकाल मृत्यु वरण गरेको अवस्था पनि छ । यस्ता आर्थिक अवस्था कमजोर भएका नेपाली दाजुभाई दिदीबहिनीहरु गाउँदेखि काठमाडौं आएर खर्चको अभावले गर्दा दबाइपानी समेत किन्न नसकी अभरमा परेको समाचार छेस्छेस्ती सुन्नमा आउँछ । कतिपयको हस्पिटलमा जचाउँने खर्च समेत नभएर बिचल्लीमा परेको अवस्था पनि हामी देखेको भोगेको छौं । देशको यो दयानीय अवस्थामा कोइँच सुनुवारहरुको अवस्था त झनै नाजुक छँदै छ । यसैले कोइँच सुनुवार बिमारीहरूको लागि तत्काल केही राहत होस भन्ने हेतुले सुनुवार सेवा समाज संघीय समिति मार्फत सहयोग गर्ने सोचको विकास भयो । यो त्यति हौसी हाल्नुपर्ने अवस्थाको कोष नभए पनि शुरुआत हो । यसलाई बढाएर लैजानका लागि पनि सानै भए पनि शुरुआत चाहिँ गरुँ भन्ने आशयले स्वस्थ सहयोग कोष सुचारु गरेको हुँ ।’
सहयोग राशी र सहयोग सीमा :
१. बालबालिका : अवस्था हेरेर प्रति बिरामीलाई बढीमा रु. ५००० (पाँच हजार) सम्मको दबाइपानी किन्न सहयोग गर्न सकिने छ ।
२. स्त्री रोग : स्त्री रोगबाट ग्रसित कोइँच महिलाका बढीमा रु. १०,००० (दश हजार) सम्मको दबाइपानी किन्न सहयोग गर्न सकिने छ ।
३. जेष्ठ नागरिक : स्याहारसुसार गर्ने आफन्त नभएका जेष्ठ नागरिक विरामीका लागि अवस्था हेरेर रु. ५००० (पाँच हजार) सम्म दबाइपानी किन्न सहयोग गर्न सकिने छ ।
४. आपतकालीन स्वस्थ कोष : कुनै पनि कोइँच सुनुवार अचानक विरामी परेको वा दुर्घटना परी तत्काल उद्दार गरी उपचार नगरे मृत्युवरण गर्नुपर्ने अवस्थाको पुष्टी हुनेगरी सुनुवार सेवा समाजका कुनै पनि आजीवन, कार्यसमिति, शाखा, आंगिक संस्थाका सदस्यले सिफारीस गरेको अवस्था सुनुवार सेवा समाज संघीय समितिका अध्यक्षको तजवीजमा रु. २०,००० तत्काल सहयोग गर्न सकिने छ ।
सहयोग उपलब्ध गराउने विधि :
१. डाक्टरको रिपोर्ट अनिवार्य हुनुपर्ने छ ।
२. बिमारीको आर्थिक अवस्था खुल्नुपर्ने छ ।
३. सुनुवार सेवा समाजको सदस्य भएको हुनुपर्ने छ ।
४. तर आपतकालीन स्वस्थ सहयोगको लागि सुसेस सदस्यता हुनुपर्ने वाध्येता छैन ।
५. सुनुवार सेवा समाजका कुनै पनि समिति, शाखा, आंगिक संस्थाको सिफारीस अनिवार्य हुनुपर्ने छ ।
६. भक्तमान सुनुवार स्वास्थ कोषले तोकिएको ढाँचाको स्वास्थ सहयोग माग फारम भरेको हुनुपर्ने छ ।
७. सुनुवार सेवा समाज सचिवालयले तत्काल निर्णय गरी भक्तमान सुनुवार स्वस्थ कोषलाई सहयोग माग फारम उपलब्ध गराउने छ । तर आपतकालीन कोषको लागि सचिवालय वैठक बसीरहनु पर्ने छैन ।
८. आपतकालीन कोष सहयोगको लागि अध्यक्षले सिधै स्वस्थ कोषलाई सिफारीस गरी सहयोग गर्न सक्ने छ । सहयोग गरेपछि सचिवालयमा अनुमोदन गराउनुपर्ने छ ।

 

 

 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *